Search
Close this search box.
Search
Close this search box.

२८ दिनपछि केसीले तोडे अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २८ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले आज (आइतबार) अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९ औं आमरण अनशन तोडेका हुन् ।

डा. केसीले आइतबार बिहान त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाबाट १९ आंै अनशन सुरु गरेका थिए ।

डा. केसीलाई सरकारले अनशनको आठौं दिन काठमाडौं ल्याएको थियो । शनिबार राति भएको सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डा. केसीले अनशन तोडनुअघि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीहरुलाई धन्यवाद दिए ।

यस्तै अनशन तोडनु अघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको सहमतिपत्र पढेर सुनाएका थिए । सरकार र डा. केसी बीच सरकारी मेडिकल कलेज तथा स्वासथ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, कोभिड १९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षणको विस्तार गर्ने, अन्य विरामीको उपचारका लागि सरकारी अस्पतालहरुको क्षमता विस्तार गर्ने, बयंलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको छ ।

त्यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तीका लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलले दिएको सुझाव अनुरुप पदाधिकारी नियुक्त गर्ने व्यवस्था मिलाउने विषयमा समेत सहमति भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ संशोधन गर्ने सम्बन्धमा सरकार र डा. केसी बिच २०७५ साल साउन १० गते भएको सम्झौताको कार्यान्वयन गर्ने, स्नातकोत्तर तहको सिट विभाजन सम्बन्धमा चिकित्सा शिक्षा आयोगको परामर्शमा वैधानिक एवं न्यायोचित अनुपात कायम हुने गरी पुनरावलोकन गर्ने सम्बन्धमा पनि सहमति भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *