काठमाडौं। सिंगटी हाइड्रोको साधारण सेयर २ लाख ६९ हजार ७०० ले मात्रै पाएका छन्।
कम्पनीले सर्वसाधारणका लागि २६ लाख ८७ हजार कित्ता सेयर छुट्टयाएको थियो।
जसमा १५ लाख २३ हजार ४५० जनाको आवेदन परेको थियो। कम्पनीले आवेदकलाई प्रतिव्यक्ती १० कित्ताका दरले सेयर बाँडफाँड गर्छ।
जसअनुसार, १२ लाख ५३ हजार ७५० जनाको हात खाली भएको छ।