Search
Close this search box.
Search
Close this search box.

३ अर्ब ६ करोडको चिया निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा ३ अर्ब ६ करोड मूल्य बराबरको चिया निर्यात भएको छ । गत वर्षको तुलनामा ८२ करोड मूल्य बराबरको चिया बढी निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको ११ हजार १ सय ८५ मेट्रिक टन चिया निर्यात भएको थियो । चालू आव २०७७÷७८ को नौ महिनाको अवधिमै ३ अर्ब ६ करोड रुपैयाँ बराबरको ९ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा २५ हजार २ सय ५ मेट्रिक टन चिया उत्पादन भएको थियो भने आर्थिक वर्षमा २०७६(७७ मा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको थियो । उत्पादनमा केही गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि हुनु उपलब्धिको रूपमा लिन सकिने बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले बताए ।

उनले २५औं राष्ट्रिय चिया दिवसमा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नारा तय गरेको बताए । डा। भट्टराईले भने, ‘गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर भए पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति बेहोर्नुपरेन । लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी सरकारले तय गरेका मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योग सञ्चालन गरेको थियो ।

जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि नै भएको देखिन्छ । उनले भने, ‘नेपालले धेरै उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैं उत्पादन गरी आत्मनिर्भर भएको पनि धेरै भइसकेको छ । स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेस्रो मुलुकमा निर्यात भइरहेको छ । कार्यकारी निर्देशक डा। भट्टराईका अनुसार नेपाली चियाको खपत वार्षिक २ सय ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान छ ।

छिमेकी मुलुक भारतमै वार्षिक ३ सय ३० ग्राम प्रतिव्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आँकलन गर्न सकिन्छ । तसर्थ, आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरू लाग्नुपर्ने देखिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *