Search
Close this search box.
Search
Close this search box.

३ सय ८० किलो गाँजासहित दुई भारतीय पक्राउ

भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *