पोखरा— तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ।
तनहुँ प्रहरीका प्रवक्ता डीएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ। दुर्घटनाको कारणबारे खुल्न बाँकी छ। थप विवरण आउँन बाँकी छ।