Search
Close this search box.
Search
Close this search box.

४० वर्षपछि दुर्गाप्रसादले भेटे आमा 

झापा : ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना जन्मघर इलाम पुगेका छन् ।

कोलकाता उच्च अदालतको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो । कोलकाताबाट स्थलमार्गबाट नेपाल प्रवेश गरेका उनी आइतबार घर पुगेका हुन् ।

उनले सबैभन्दा पहिले आफ्नी ८६ वर्षीया आमालाई भेटेका थिए । उनले आमालाई भेटेर आफुले लगेको मिठाइ खुवाएका थिए ।

लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा ६/६ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको छ ।

दुर्गा बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरो हुन् । हाल बुवा र माइलो भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी रहेका छन् ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नामका कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए ।

दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पुर्‍याएपछि मिडियामा खबबर छापिन थालेका हुन् ।

दार्जिलिङमा रहँदा दुर्गाप्रसाद आश्रय लिएर बसेको घरकी महिलाको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर उनीमाथि लगाइएको आरोप झुटो भएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *