४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई ८ लाख राहत

झापा – विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आज नेपाली आठ लाख उपचार वापतको राहत रकम पाएका छन् । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गरेका हुन् ।

भारतको उच्च अदालत कोलकाताले गत मङ्सिर २१ गते शुक्रबार तिम्सिनालाई भारु रु पाँच लाख उपचार वापतको रकम दिलाउन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको थियो । सोही आदेश बमोजिमको रकम उनलाई हस्तान्तरण गरिएको महावाणिज्य दूत पौडेलले बताए ।

EPIC EPIC EPIC

उनले भने, “यो क्षतिपूर्ति वापतको रकम होइन, लामो समय विनाकसुर जेल जीवन बिताउँदा उहाँ बिरामी पर्नुभएको छ । उपचारका लागि अदालतले उपलब्ध गराइदिएको रकम मात्र हो । क्षतिपूर्तिका लागि माग दाबी गर्ने अब बाटो खुलेको छ । प्रक्रियामा जाने तयारीमा छौँ ।”

उनका अनुसार सो रकम हस्तान्तरण कार्यक्रममा दुर्गाप्रसादका परिवारका सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा र भतिजा गोपाल तिम्सिनाको उपस्थित थिए । प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवीको पनि सो अवसरमा उपस्थिति रहेको थियो । 

उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले दुर्गाप्रसादको न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *