४३ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाण्डाै – हप्ताको दोस्रो दिन आज साेमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बीमा, जलविद्युत्, व्यापार, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

EPIC EPIC EPIC

आज दुई सय २७ कम्पनीका ७८ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज तेह्रथुम पावर कम्पनी र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *