साताको कारोबारको तेस्रो दिन मंगलबार शेयरबजार परिसूचक नेप्से राताम्मे देखिएको छ ।
मंगलबार ४६.०८ अंकले घटेको नेप्से २०३०.५९ विन्दुमा पुगेर बजार बन्द भएको हो । बजार घटेसँगै यस दिन ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.७१ अंकले घटेर ३८७.२३ विन्दुमा अडिएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका सूचक राताम्मे भएका छन् । सर्वाधिक व्यापार, फाइनान्स, अन्य र इन्भेस्टमेन्ट समूहको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
मंगलबार २२९ वटा कम्पनीको ४९ हजार पटकको शेयर कारोबारमा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँबराबरको ८६ लाख १३ हजार कित्ता शेयर किनबेच भएकाे छ ।
यस दिन बजार घटे पनि १७ वटा कम्पनीको शेयरमूल्य भने बढ्याे । यस दिन सीवाईसी नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा न्याग्दी ग्रुप पावर र आँधीखोला लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि भएकाे छ ।