६ महिनामै ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुस महिनासम्मको विवरणअनुसार ६ महिनामा नेपालले विश्वका विभिन्न देशबाट ४२ अर्ब ७२ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । 

खाद्यान्नमध्ये झन्डै २७ अर्ब रुपैयाँको धान, चामल र कनिका आयात भएको छ । भारत, चीन, मलेसिया, फिलिपिन्स, ताइवान, कोरिया, इन्डोनेसिया लगायतका देशबाट २६ अर्ब ९० करोड रुपैयाँभन्दा धेरैको चामल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

EPIC EPIC EPIC

यस्तै ६ महिनामा नेपालले २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी र १२ अर्ब आठ करोड रुपैयाँको फलफूल आयात गरेको छ । यस्तै ७८ अर्ब रुपैयाँको घिउ, तेल र पशुपक्षीजन्य वस्तु आयात भएकाे छ । पाँच अर्ब रुपैयाँको चिया, कफी, चार अर्ब ९५ करोड रुपैयाँको चिनी र चिनीजन्य वस्तु, १५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ र झन्डै दुई अर्ब रुपैयाँको पेय पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । 

यस्तै ६ महिनामा नेपालले ४० अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, १० अर्ब रुपैयाँको बिउबिजन, ३६ अर्ब रुपैयाँको प्लास्टिक लगायतका वस्तु आयात भएकाे छ । 

६ महिनामा नेपालले ९५ अर्ब रुपैयाँको फलाम, एक खर्ब ४१ अर्ब रुपैयाँको मेशिनरी पाटपुर्जा, ६१ अर्ब ७७ करोड रुपैयाँका गाडी, ६१ अर्ब ४७ करोड रुपैयाँकाे डिजल, २९ अर्ब २७ करोड रुपैयाँको पेट्रोल र २९ अर्ब २३ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ पुगेको छ । साउनदेखि पुससम्म नेपालको व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । ६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *