Search
Close this search box.
Search
Close this search box.

६ वर्षीया बालिका मृत्यु प्रकरण -बर्दिबासमा गोली चल्यो, ३ घाइते

महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । गोली लागेर ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिबास नगरपालिका १ का संजय न्यौपाने, श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी रहेका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीको ढुंगा प्रहारबाट भने डीएसपी प्रकाश विष्ट घाइते भएका छन् ।

६ वर्षीया बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन गोली चलाएको बताइएको छ ।

श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ । गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने एकजनाको बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *