Search
Close this search box.
Search
Close this search box.

७ करोडको लगानीमा झापामा एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज सञ्चालन

झापा- नेपाली परिचय बोकेको कृषि उपज अलैंचीलाई गुणस्तरीय उत्पादन गरी विश्वबजारमा पुर्याउनका लागि झापामा एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि स्थापना भएको छ । 

झापाको अर्जुनधारा नगरपालिका–८ स्थित कप्टानबारीमा स्थापना भएको कम्पनीकोे सोमबार कम्पनीकी ब्राण्ड एम्बासडर तथा अभिनेत्री स्वातिका खड्काले गरेकी हुन् । 

EPIC

झापाका व्यवसायी निर्मल भट्टराई, सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको संयुक्त ७ करोडको लगानीमा कम्पनी सञ्चालनमा आएको हो । 

नेपालमा उत्पादन हुने उत्तम कोटीको अलैंचीलाई छनौट गरेर खानालाई स्वादिष्ट बनाउने र पेय पदार्थको स्वाद सुगन्धमा समेत निखार ल्याउने विश्वासका साथ कम्पनी स्थापना गरेको हो । त्यस्तै रक्तचापलाई सन्तुलन राख्ने, ब्याक्टेरिया संक्रमणबाट प्रतिरक्षा गर्ने, शारिरिक उर्जामा अभिबृद्धि गर्दै छालामा चमक ल्याउने, श्वासलाई निरन्तर ताजा बनाई दाँतको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जस्ता औषधियुक्त गुणहरु समेत रहेको जनाइएको छ । 

नेपालमा उत्पादन हुने अलैचीको भण्डारण र बिक्री बितरण हुने मुख्य थलो बिर्तामोडमा केन्द्रित आफ्नै ब्रान्डिङ र लेबलिङमा मुलुककै पहिलो उद्योग स्थापित भएको कम्पनीकोे दाबीे छ । उत्पादित परिकार तेस्रो मुलुकमा निर्यात हुँदा मूल्य अभिबृद्धि भएर त्यसको प्रत्यक्ष प्रभाव किसानसम्म पुग्ने कम्पनीको विश्वास छ । 

कम्पनीले माउन्टेन पल्र्स, अलैची पाउडर, अलैची दाना र अलैचीलगायतका अलैंचीका परिकारको उत्पादन गरेको छ ।

 माउन्टेन पल्र्स मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो बिशेष गरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने कम्पनीको अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । उनका अनुसार मिजाज माउन्टेन पल्र्स ४०० र २०० ग्राममा उपलब्ध छन् । 

मिजाज अलैंची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । यो पाउडर २० र ५० ग्राममा उपलब्ध छ । मिजाज अलैंची दाना उच्च स्तरीय अलैंची दानालाई प्रशोधित गरी सर्वोत्तम गुणस्तर तयार पारिएको अध्यक्ष भट्टराईले बताए । यस दानालाई  शाकाहारी र मांसाहारी परिकार, मिठाई तथा चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिनेछ । यो दाना ५०० ग्राम र एक केजीको उपलब्ध छ । 

त्यस्तै मिजाज अलैची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र बिर्यानी, पुलाव, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ ।  मिजाज अलैंची, १००, २००, ५०० ग्राम र एक केजीको प्याकेटमा उपलब्ध रहेको छ । 

कम्पनीका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अभिनेत्री खड्का, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्रकुमार खड्का, उमेश डालमिया, उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ सदस्य विनोद बस्नेत, कुमार भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । स्वागत कम्पनीका सञ्चालक तथा प्रबन्ध निर्देशक सञ्जिव घिमिरेले गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । तस्बिर : बिष्णु श्रेष्ठ/ पालिका सन्देश

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *