काठमाडाैं। सरकारले ८ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको हो ।
जसअनुसार पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरिएकाे छ । अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण काेरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा. विजन पन्त र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई सिफारिस गरिएकाे छ ।
मलेसियाका लागप नेत्रप्रसाद तिमल्सेना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्त गर्न सिफारिस गरिएकाे छ ।
केही दिनअघि बसेकाे मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता बाेलाउने निर्णय गरेकाे थियाे ।