८ महिनामा ५३ करोडको फेस मास्क आयात

काठमाडौं- चालु आर्थिक वर्ष २०७७र७८ को ८ महिनामा भारत तथा तेस्रो मुलुकबाट ५३ करोड रूपैयाँ भन्दा बढीको मास्क आयात भएको छ। भन्सार विभागमा अनुसार दर्जन भन्दा बढी देशबाट ८ महिनामा ५३ करोड ३८ लाख ४४ हजार रूपैयाँको मास्क आयात भएको छ।

EPIC

सन् २०२० को सुरुवातीसँगै विश्वभरी कोरोनाको माहामारी फैलिएको थियो। महामारी सुरु भएसँगै फेस मास्कको माग बढेको थियो। अहिले पनि फेस मास्कको माग घटको छैन। तर, मूल्य भने ७५ प्रतिशतले कम भइसकेको छ।

सुरुवाती चरणमा एउटा मास्कको मूल्य १० रूपैयाँदेखि २० रूपैयाँसम्म पुगेको थियो। अहिले सरदर ५ रूपैयाँसम्ममा मास्क पाइन थालेको छ। साथै, नेपालमा पनि व्यवसायीले मास्क उत्पादन मेसिन ल्याएर अहिले मास्क उत्पादन गरिरहेका छन्। मास्कको बजार माग बढेसँगै एक वर्ष अगाडिसम्म मेडिकलमा मात्रै पाइने मास्क अहिले खाद्यान्न पसलमा समेत पाइन्छ।

नेपालको उत्पादनसँगै अहिले भारत तथा तेस्रो देशबाट समेत मास्क नेपाल आइरहेको छ। भन्सार विभागको तथ्यांकअनुसार अहिले नेपालले अष्ट्रेलिया, कम्बोडिया, क्यानडा, चीन, फ्रान्सलगायत ३ दर्जनभन्दा बढी मुलुकबाट मास्क आयात गर्दै आएको छ। मास्क आयातबाट सरकारले ९ करोड ४१ लाख रूपैयाँ राजस्व उठाएको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar