Search
Close this search box.
Search
Close this search box.

९ महिनामा २४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, भित्रियो ९ खर्ब

remitance

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा रेमिट्यान्स आउने क्रम २४।२ प्रतिशतले बढेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार चैतसम्म ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०।२ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३।९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १।८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या ५१।५ प्रतिशतले बढेको छ । यो अवधिमा ३ लाख ८७ हजार ८३९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५।५ प्रतिशतले बढेको छ । चैतसम्म २ लाख १७ हजार ९५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *