अविरल वर्षाका कारण हवाई उडान प्रभावित

काठमाडौं। अविरल वर्षाका कारण हवाई उडानहरु प्रभावित भएका छन् ।

निरन्तरको वर्षाले भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएको हो ।

EPIC EPIC EPIC

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान डिले भइरहेको छ । विहान ७ बजेदेखि आन्तरिक उडानहरु डिले भएकाे छ ।

अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनले भने,‘अन्तर्राष्ट्रिय तर्फ सबै सामान्य नै रहेको छ । ठूलो पानी परेको बेला उडान केही ढिला हुन सक्छ तर अहिलेसम्म सामान्य नै रहेको छ । आन्तरिक तर्फ भने उडान डिले भइरहेको छ । ’ जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च