Search
Close this search box.
Search
Close this search box.

आज चैतेदशैँ, शक्तिस्वरुपा देवीको पूजा आराधना गरिँदै

EPIC

काठमाडौं। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन् । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ ।

EPIC

चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ ।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ ।

EPIC EPIC EPIC
EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *