Search
Close this search box.
Search
Close this search box.

इलाम २ मा नेकपा एमालेका सुहाङ विजयी

EPIC

इलाम । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन ।
शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मतमा चित्त बुझाउनुपर्‍यो ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए । निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो ।

EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *