Search
Close this search box.
Search
Close this search box.

एक दशकपछि बुद्धशान्तिमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदै

EPIC

तीर्थराज तिम्सिना, बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्तिमा एक दशकपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ । टोलकप, वडास्तरीय खेल, क्लबस्तरीय खेल भएता पनि लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन सकेको थिएन । स्थानीय आदर्श युवा क्लबको आयोजनामा बैशाख १५ गतेदेखि तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको हुने भएको छ ।


बुद्ध आदर्श माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी समेत पुरा भएको छ । प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम समेत सकिएको छ । दर्शकको सुविधाका लागि अस्थायी प्यारापिट निर्माण गर्ने काम समेत अन्तिम चरणमा पुगेको छ ।

खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेल मानेभन्ज्याङ एफसी र धरान एफसीबीच हुनेछ भने चौथो दिनको खेल रेड हर्स एफसी इलाम र बेलबारी एफसीबीच हुने प्रतियोगिताका संयोजक तथा क्लबका पूर्वअध्यक्ष मनेश दाहालले जानकारी दिए ।

EPIC

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहने बताइएको छ । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक हुन लागेको क्लबका अध्यक्ष मातृका श्रेष्ठले बताएका छन् ।

EPIC EPIC EPIC

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा २१ लाख ९६ हजार रुपैयाँ खर्च हुने संयोजक दाहालले जानकारी दिए ।

EPIC


प्रतियोगितालाई भव्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिने तयारी रहेको क्लबका सचिव दुर्योधन सिंह(देव)ले जानकारी दिए । बुधबारेको इन्दिरा फाउन्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्नेछ । प्रतियोगितालाई बुद्धशान्ति गाउँपालिकाले मुख्य सहयोग गरेको छ ।

EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *