एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने भारतीय प्रधानमन्त्री मोदीको दाबी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताउनु भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी , भाजपा नेतृत्वको एनडीएले २ सय ९० को हाराहारीमा सिट ल्याउने देखिएसँगै प्रधानमन्त्री मोदीको प्रतिक्रिया आएको हो । हिजो बेलुका दिल्लीमा रहेको  कार्यालय पुगेका मोदीले एनडीएको जित भएको दाबी गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

EPIC

निर्वाचन आयोगले कुशलताका साथ विश्वको सबैभन्दा ठुलो चुनाव सम्पन्न गरेको भन्दै उहाँले धन्यवाद पनि दिनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी हुनुभएको हो । वाराणासीबाट यो उहाँको लगातार तेस्रो जित हो । मोदीले कंग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गर्नुभएको हो ।

EPIC EPIC EPIC

यसैबीच, भारतको हिमाचल प्रदेशको मन्डीबाट भारतीय जनता पार्टीकी बलिउड अभिनेत्री कङ्गना रनौतले लोकसभा चुनाव जित्नुभएको छ । उहाँले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराउनुभएको हो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *