Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु

झापा। झापा जिल्लाको कचनकवल गाउँपालिकामा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु भएको छ।

बुधबार साँझ करिब १० बजे कचनकवल गाउँपालिका वडा नं ०४ केचनाका ललन साहका छोरा विशाल साहलाई करेन्ट लागेको हो। विशाल साह आफ्नो घरको टिनको छानो भएको बराण्डामा पानीको धाराबाट आउने क्रममा अज्ञात कारणले विद्युत प्रवाह हुँदा अचेत अवस्थामा पुगेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

EPIC EPIC EPIC

विशालको बुबाले उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बनियानिमा लगे। स्वास्थ्य केन्द्रमा डाक्टरले जाँच पश्चात् विशाललाई मृतक घोषणा गरेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाबाट इन्सपेक्टरसहितको टोली घटनास्थल तर्फ आई सर्जिविन गरिहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
12
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *