कचनकवलमा नयाँ प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल

बनियानी। करिब डेढ महिनादेखि अधिकृतविहिन रहेको कचनकवल गाउँपालिकामा स्काई पोख्रेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रवार हाजिर भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार पोख्रेलले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

EPIC

पोख्रेल यसअघि पाँचथरको याङवरक गाउँपालिकामा कार्यरत थिए। उनलाई कचनकवलमा स्थानान्तरण गरिएको हो। कचनकवलमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलको सरुवापछि योजना अधिकृत केशव मैनालीलाई निमित्तको जिम्मेवारी दिइएको थियो।

EPIC EPIC EPIC

प्रमुख प्रशासकीय अधिकृतको अभावमा गाउँपालिकाको सेवा करिब डेढ महिनादेखि प्रभावित भएको थियो।

पोख्रेल पाँचथर याङवरक गाउँपालिकाको गाउँसभा सम्पन्न गरेपछि पौष १२ गते कचनकवलमा आफ्नो जिम्मेवारी सम्हाल्न आएको बताए। उनका अनुसार अब कचनकवल गाउँपालिकाको प्रशासनिक काम नियमित रुपमा अघि बढ्नेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *