कर्मचारीको नयाँ तलबमान स्वीकृत 

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको मन्त्रालयले जनाएको छ । 

बजेट मार्फत वृद्धि भएको नयाँ तलबमान अनुसार अब राज्यको प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ । यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धि पश्चात् कुल तलब ९० हजार ५ सय ९४ पुगेको हो ।

EPIC EPIC EPIC

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक , सशस्त्र प्रहरी महानिरीक्षक र सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ ।

नयाँ व्यवस्था अनुसार सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ । श्रेणीविहीन कर्मचारीहरू (हल्कारा, हुलाकी, कार्याय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकोमा ग्रेड थप भएपछि कुल तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको हो ।

नयाँ तलबमानसँगै सरकारले कर्मचारीहरूका लागि १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ । एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताबापत प्रदान गरिने अर्थ मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

शिक्षक र स्वास्थ्य सेवाको तलब पनि बढ्यो

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको हकमा माध्यमिक तह (प्रथम श्रेणी) को तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकहरूको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ । स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ ।

पेन्सनमा १० प्रतिशत वृद्धि

तलब वृद्धिसँगै अवकाशप्राप्त कर्मचारीहरू अर्थात् पेन्सनधारीहरूको हकमा पनि १० प्रतिशतले नै पेन्सन रकम वृद्धि हुने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार यो नयाँ तलबमान २०८३ साउन १ गतेदेखि नै गणना हुने गरी कार्यान्वयनमा आएको छ । मन्त्रालयले सबै निकायलाई नयाँ तलबमान अनुसार नै भुक्तानी गर्न निर्देशन दिइसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च