Search
Close this search box.
Search
Close this search box.

कैदि मृत्यु प्रकरणः आरोपी १५ जनासँग अदालतमा बयान लिइँदै

EPIC

संखुवासभा– संखुुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ। हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आइतबारदेखि बयान लिन थालिएको हो।हत्यामा संलग्नताको अभियोगमा सात प्रहरी र आठ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत संखुवासभामा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो।

जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए। घटनामा संलग्न भएको अभियोग लागेका १५ जनालाई अभियुक्तसँग बयान थालिएको स्रेस्तेदार केसीले बताए । अभियुक्तको बयान सकिन तीनदेखि चार दिनसम्म लाग्न सक्ने बताइएको छ।

EPIC

घटनामा संलग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो। कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हबल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

त्यस्तै, कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ। चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो।

EPIC EPIC EPIC

भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देख्न सकिन्छ। बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो। गत २४ साउनमा संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।

EPIC

कारागारका तीन कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा नचल्ने जिल्ला कारागारका तीन कर्मचारी र तीन जना प्रहरीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ। निमित्त जेलर राजेन्द्र घिमिरे ६ भदौमा पक्राउ परेका थिए।
उनलाई त्यही दिन हाजिर जमानीमा छाडिएको थियो। कारागारका सहायक कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई १३ भदौमा पक्राउ गरिएको थियो।

प्रहरी जवान कार्की, विक र सोङमीलाई अनुसन्धानका क्रममा १४ भदौमा पक्राउ गरिएको थियो। निमित्त जेलर घिमिरेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका थिए। जिल्ला अदालत संखुुवासभाले कारागारका तीन कर्मचारी र तीन जना प्रहरीलाई शुक्रबार छाडिसकेको छ।–रासस

EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *