Search
Close this search box.
Search
Close this search box.

कोशी, बागमती, लुम्बिनी र कर्णालीमा चट्याङसहित भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तर अर्थात् नेपालतर्फ छ।

त्यस्तै पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

EPIC EPIC EPIC

यस्तै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मौसममा देखिएको छ।

जसका कारण आइतबार दिउँसो र राति देशका अधिकांश भूभागमा मध्यदेखि भारी वर्षा भयो।

अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *