Search
Close this search box.
Search
Close this search box.

क्यान्सर सम्बन्धी चेतना जगाउँदै बुद्धशान्ति साकोस

EPIC

बुधबारे । समुदाय प्रतिको चासो भन्ने सहकारीको सिद्धान्त अनुरुप बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना, नेपाल अर्बुदरोग निवारण संस्था, झापा शाखाको संयोजन र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति १ स्थित सीतारमेश बहुमुखी क्याम्पसको सभाहलमा विद्यार्थी लक्षित क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजालको अध्यक्षता, नेपाल अर्बुदरोग निवारण संस्था, झापा शाखाका सभापति अम्बिका प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका डा। आलोक ठाकुरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नवराज कोइरालाले स्वागत मन्तव्य दिँदै कार्यक्रम आयोजना गर्नुको औचित्य प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्था झापा शाखाका सचिव माधव घिमिरे, सह सचिव पुष्प निरौला, सदस्य सुनिता शर्मा र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका मार्केटिङ्ग अफिसर गोविन्द खनाल, प्रतिनिधि सौरभ सुवेदी तथा सीतारमेश बहुमुखी क्याम्पसका प्राध्यापकहरुको आतिथ्यता रहेको थियो ।

EPIC

क्यान्सरका प्रकार, क्यान्सर लाग्नुको कारण, समाधानका उपाय, उपचार पद्धति आदीको बारेमा प्रशिक्षण दिँदै विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक डा। आलोक ठाकुरले विद्यार्थीहरुलाई जनचेतना प्रदान गर्नुभएको थियो भने नेपाल अर्बुदरोग निवारण संस्थाका सह सचिव पुष्प निरौलाले क्यान्सरलाई कसरी जित्ने र कसरी बुझ्ने भन्ने बारेमा व्यवहारिक ज्ञान प्रदान गर्नुभएको थियो ।

EPIC EPIC EPIC

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि अम्बिका प्रसाद ढकालले नेपाल अर्बुदरोग निवारण संस्थाको स्थापना भए पश्चात संस्थाले गरेको सहयोग र योगदानको विषयमा चर्चा गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्र अधिकारीले गर्नुभएको थियो ।

EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *