Search
Close this search box.
Search
Close this search box.

चार दिनमा झण्डै तीन हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। मंगलबारदेखि उकालो लाग्न थालेको सुनको मूल्य आज पनि बढेको छ।

लगातार चार दिन बढेको सुनको भाउ आज प्रतितोला ९२ हजार ९०० रूपैयाँ कायम छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि आजसम्म सुनको मूल्य प्रतितोला दुई हजार ९०० रूपैयाँले बढेको हो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४५० रूपैयाँ तोकिएको छ। सुनसँगै बढ्न थालेको चाँदीको भाउ आज तोलामा ५ रूपैयाँले बढेको छ।

हिजो एक हजार २०५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २१० रूपैयाँ कायम छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *