
बिर्तामोड, झापा । ‘काजक्रिया छोराले मात्र गर्नुपर्छ’ भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै बिर्तामोड, झापाकी श्रेजल पोख्रेलले आफ्ना दिवंगत बुवा विकास पोख्रेलको काजक्रिया आफैं बसेर गरिरहेकी छन्।
बुवा विकास पोख्रेलको निधनपछि शोकमा रहेकी श्रेजलले छोरासरह आफ्ना बाबुको काजक्रिया गर्दै पितृप्रतिको दायित्व पूरा गरिरहेकी हुन्। उनको यो कदमले छोरीले पनि आफ्ना आमाबुबाको धार्मिक तथा सांस्कृतिक संस्कार पूरा गर्न सक्छिन् भन्ने सन्देश दिएको छ।
परम्परागत सोचका कारण छोरीलाई काजक्रियाबाट अलग राखिने मान्यताबीच श्रेजलले देखाएको साहस र निर्णय समाजका लागि उदाहरण बनेको छ। बाबुप्रतिको श्रद्धा, जिम्मेवारी र संस्कारप्रतिको सम्मानलाई उनले व्यवहारमै प्रस्तुत गरेकी छन्।
छोरी पनि छोरासरह आमाबुबाको काजक्रिया गर्न सक्षम छन् भन्ने सन्देश दिँदै श्रेजलले प्रस्तुत गरेको यो उदाहरणले बदलिँदो सामाजिक सोचलाई समेत प्रतिबिम्बित गरेको छ।


















