झापामा असार पहिलो साता नबित्दै डुबेर तीनजनाको मृत्यु

बिर्तामोड । झापामा यो वर्षको असार पहिलो साता नबित्दै विभिन्न स्थानमा डुबेर तीनजनाको मृत्यु भएको छ । खोला तथा नालामा डुबेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाका कनकाई, मेचीनगर र गौरीगञ्जमा नाबालकदेखि वृद्धको डुबेर मृत्यु भएको हो ।

EPIC EPIC EPIC

असार ६ गते बिरिङ खोलाको पानीमा डुबेर कनकाई(१ बस्ने कुलबहादुर रसाइलीकी पाँच वर्षीया छोरी सोनिया रसाइलीको बिरिङ खोलाको पानीमा डुबेर मृत्यु भएको हो ।

त्यस्तै, असार ४ गते दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नम्बर ७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर स्थानीय ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको थियो

असार ३ गते राति गौरीगञ्ज(२ बाहुन टोल बस्ने ६० वर्षीय रवि सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुबेर मृत्यु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च