Search
Close this search box.
Search
Close this search box.

झापामा कपडा तस्करीको नयाँ शैली, भारतिय कारसहित तीनजना पक्राउ

झापा। मेचीनगर—६ स्थित काँकडभिट्टा नाकाबाट प्रहरीले भारतीय नम्बर प्लेट भएका तीनवटा कार र तस्करीको लत्ताकपडासहित तीन जना चालकलाई नियन्त्रणमा लिएको छ। भारतीय कारमार्फत भन्सार छल्दै लत्ताकपडा नेपाल भित्र्याइरहेको सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार तस्करहरूले कारको पछाडि भागमा रहेका ब्याकलाइटको ठाउँमा विशेष दुलो बनाएर त्यहाँभित्र लत्ताकपडा लुकाउने नयाँ शैली अपनाएका थिए। ती कारहरू भन्सार अगाडिबाटै नेपाल भित्र्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

EPIC EPIC EPIC

प्रहरीले शनिबार दिउँसो ४:३० बजे मेचीनगर—६ स्थित भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेका डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९, र डब्लुबी ७४ एन ८५६२ नम्बरका भारतीय कारहरूलाई रोकी चेकजाँच गर्दा अवैध लत्ताकपडा फेला पारेको हो। पक्राउ परेका चालकहरूमा भारतको पश्चिम बंगाल, दार्जिलिङ जिल्लाका ४२ वर्षीय रामदयाल बर्मन, ३३ वर्षीय अमित राय, र ४६ वर्षीय राजकुमार घोष रहेका छन्।

प्रहरीले तीनवटा कारसहित करिब २४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ। बरामद लत्ताकपडामा ११० पिस पुरुष ट्राउजर, ४२ पिस लेडिज ट्राउजर, १२५० पिस रुमाल, २२ पिस लेडिज सर्ट, ३२ पिस कुर्था, ५३ पिस भेष्ट, ५२८ पिस लेडिज ब्रा, १८ पिस लेडिज भेष्ट, १० पिस कुर्थी, र १७ पिस लेडिज सर्ट रहेका छन्।

यसैगरी, शनिबार साँझ ७ बजे मेचीनगर नगरपालिका—६ स्थित मेची पुलबाट भन्सार छल्दै ल्याइँदै गरेको सिल्क एन्ड साइन क्रिम १२१ पिस र अन्य किराना सामान पनि प्रहरीले बरामद गरेको छ। करिब १ लाख ५१ हजार रुपैयाँ बराबरको ती सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ।

प्रहरीले तस्करीको नयाँ शैली पत्ता लागेको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *