झापा। झापामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
कमल गाउँपालिका २ समईगढमा आज मंगलवार विहान खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिईरहेको अवस्थामा चट्यालले लागेर एक जनाको मृत्यु भएको हो।
स्थानीय ४६ बर्षिय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खड्कालाई विहान ७ बजे चट्याङले लागेर घाईते हुनुभएको थियो उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।



















