Search
Close this search box.
Search
Close this search box.

झापामा धरानका एसपीले चलाएको स्कार्पियोको ठक्करबाट युवकको मृत्यु

झापा। झापामा धरानका एसपी चलाएको स्कार्पियोको ठक्करबाट मोटरसाइकल सवार युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालीका ६ का १८ वर्षीय अनिल मर्डीको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

EPIC

शुक्रबार राती करिब साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ७८३९ नम्बरको एसपी सवार स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल बिरिङ पुलमा एकआपसमा जुधेका थिए ।

मर्डीको उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्‍याउनसाथ मृत्यु भएको प्रहरी झापा प्रहरी जानकारी दिएको छ।

मोटरसाइकल चालक कमल गा.पा. ६ का १९ बर्षिय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ बर्षिय पुजन राजवंशी घाइते भएका छन् ।

स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी उपरिक्षक ५१ वर्षीय भिम बहादुर दाहाल झापा प्रहरीको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *