Search
Close this search box.
Search
Close this search box.

झापामा प्रेम प्रस्ताव अस्विकार गर्दा पूर्व शिक्षकले हाने छात्रा माथि गोली

झापा। झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको छ ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।

उदयपुर घर भएकी एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् ।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ ।

एनिकाको शरीरमा लागेको गोली निकालिएको छ । उनको नाभि छेउमा गोली लागेको थियो । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

3 Responses

  1. हिजोआज शिक्षकले बन्दुक बोक्न थाले कि?

  2. यो अमित कुमार यादव भन्ने गोरुलाई गोली चलाउने हात र अर्को हात काटेर खुट्टाले भात खाने बनाई दे त नेपाल् सरकार यस्तो पनि शिक्षक हुन्छ डाका ज्यानमारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *