Search
Close this search box.
Search
Close this search box.

झापा बुद्धशान्तिका २४ बर्षीय लिम्बुले शुरु गरे, मंगलबारे मार्ट

(झापा) बुद्धशान्ति । ग्राहकहरुको माग र आवश्यकतालाई ध्यानमा राख्दै झापाको बुद्धशान्ति -४ मंगलबारेमा मार्ट( डिपार्टमेन्ट स्टोर ) संचालनमा आएको छ ।

स्थानीय स्तरमै सेवा दिने उदेश्यले मंगलबारेका २४ बर्षीय बिजय लिम्बुले करिव १५ लाखको सुरुवाती लगानीमा मार्ट संचालनमा ल्याएका छन् ।

बुद्धशान्ति गाउँपालिका वडा न ४ का वडाध्यक्ष बुद्धिमान जबेगुले मार्ट्को उद्घाटन गर्दै सफलताको शुभकामना दिएका थिए । उनले ग्रामीण भेगमा यस्तो पसल संचालन भएकोमा बधाई दिएका थिए । “यो महामारीले हामीलाई धेरै कुरा सिकाएको छ,बिजय भाइले रोजेको यो पाटो अति सुन्दर छ,उनको सफलताको कामना गर्दछु”,उनले भने।

काठ्माडौमा बसेर लकडाउन अघि म्युजिक पढ्ने पढाउने काम गर्थे गर्दै आएका लिम्बुले लकडाउनले सिर्ज्याएको एउटा नयाँ व्यवसाय
ब्यापार गरौं भन्ने सोचले मार्ट संचालनमा ल्याएको बताए । घरायसी,दैनिक उपभोग्य सामान किन्न ग्रामीण भेगका मानिसहरु अझैपनि टाढाको बजार पुग्नुपर्ने बाध्यता अब हटेको उनको बुझाई छ ।

बिदेश जान पटक्कै मन नपरेको र यहि केही गर्दा अवश्य सफल हुने बिश्वासका साथ अघि बढेको लिम्बू बताउँछन् । उनी भन्छन् “स्वदेशमै मिहिनेत गर्दा पनि केही गर्न सकिन्छ,भन्ने एउटा सन्देश दिनका लागि पनि मैले यो व्यवसाय रोजेको हो”।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *