डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खुलेका छन् ।

एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने भएकाले दोहोरिने, तेहरिने खाता संख्या पनि उल्लेख्य रहेकाले डिम्याट खाता संख्या उच्च देखिएको छ । यीमध्ये मेरो सेयर खाताका सक्रिय संख्या भने ५१ लाख ४८ हजार ८९४ छ । तसर्थ सोभन्दा माथिको करिब २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेका छन् ।

EPIC EPIC EPIC

हालसम्म डिम्याट भएका सेयर संख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ रहेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । बजारमा सूचीकृत सेयर संख्या भने १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ रहेको छ ।

यस हिसावले ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर अझै डिम्याट हुन सकेको छैन । ती सेयर अझै पनि प्रमाणपत्रका रुपमा रहेको हुन सक्ने वा नष्ट भएको हुन सक्छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च