ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्ब पाउने

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहले करिब साढे तीन अर्ब रुपियाँ बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ मा अन्तर सरकारी वित्तीय हस्तातरणअन्तर्गत यहाँका स्थानीय तहले तीन अर्ब ४९ करोड ८६ लाख रुपियाँ अनुदान रकम पाउने भएका हुन्।

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन्। जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले एक अर्ब ३८ लाख रुपियाँ अनुदान रकम पाउने भएको छ। यस्तै सिरिजङ्घा गाउँपालिकाले ३७ करोड २८ लाख रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकाले ३४ करोड ७८ लाख रुपियाँ अनुदान पाउने छ। 

EPIC EPIC EPIC

त्यस्तै सिदिङ्वा गाउँपालिकाले ३३ करोड १८ लाख रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिका ३१ करोड ३७ लाख, फक्ताङ्लुङ गाउँपालिकाले २९ करोड ८३ लाख रुपियाँ अनुदान पाउने भएका छन्। 

यसैगरी मेरिङ्देन गाउँपालिकाले २९ करोड १४ लाख, मैवाखोला गाउँपालिका २८ करोड ६९ लाख र मिक्वाखोला गाउँपालिकाले २५ करोड २१ लाख रुपियाँ अनुदान रकम पाउने भएका छन्। गोरखापत्र

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च