Search
Close this search box.
Search
Close this search box.

पोखराको हेम्जामा हायासको ठक्करबाट बाटो काट्दै गरेकी वृद्धा मृत्यु

EPIC

पोखरा ।

 पोखराको हेम्जामा हायासको ठक्करबाट वृद्धा मृत्यु भएको छ ।

जेब्राक्रस नजिकैबाट बाटो काट्दै गरेकी वृद्धालाई तीव्र गतिको हाइसले ठक्कर दिँदा वृद्धाको ज्यान गएको हो ।

EPIC

काठमाण्डौबाट पोखरा हुँदै बाग्लुङ गइरहेको बा ३ ख ९७२६ नम्बरको हाइसले हेम्जाको सापकोटाचोकमाअन्दाजी ७५ वर्षीया नौली बिकलाई ठक्कर दिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका भदौरेतामागी  घर भएकी नौली छोरीको घर आउने क्रममा बेलुकी ५ः५० बजेको समयमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार हाइस तीब्र गतिमा थियो ।

दुर्घटनापछि तत्काल अस्पताल ल्याइएकोमा ६ः२० बजे चिकित्सकले मृत घोषणा गरे । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

EPIC EPIC EPIC

EPIC
EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *