प्रभु लाइफको आइपीओमा १० लाख ७४ हजारको आवेदन

काठमाडौँ। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आइपीओ)मा १० लाख ७४ हजार ५४५ जनाले आवेदन दिएका छन्।

EPIC

आइपीओमा आवेदन दिने आज अन्तिम दिनसम्ममा उक्त आवेदकबाट दुई करोड ९१ लाख तीन हजार ३०० कित्ता सेयर आवेदन परेको हो।

EPIC EPIC EPIC

कम्पनीले यही मंसिर २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। जसमध्ये तीन लाख कित्ता कर्मचारी र तीन लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी ५४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। कम्पनीको सेयर प्रतिआवेदक १० कित्ताका दरले बाँडफाँड गर्दा पनि ५ लाख ४० हजार जनाले मात्रै पाउँछन्। 

कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *