बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’

नेपालका लागि अत्यन्त दुर्लभ मानिने अलिभ किलब्याक सर्पको पहिलो स्पष्ट तस्बिर बर्दघाटमा खिचिएको छ।

सर्प उद्धारकर्मी दुर्गा लामिछाने र फोटोग्राफर राज अधिकारीले संयुक्त रूपमा सर्पको फोटो खिचेर ऐतिहास कायम गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

यो सर्प दक्षिण एसियामा पाइने भए पनि नेपालमा बिरलै देखिन्छ। यसअघि यो सर्पको उपस्थिति पुष्टि भए पनि स्पष्ट तस्बिर खिचिएको थिएन। यस पटकको दस्तावेजिकरणलाई नेपालमा यस प्रजातिको पहिलो फोटोग्राफिक प्रमाणका रूपमा लिइएको छ।

अलिभ किलब्याक सर्प कोलुब्रिडे परिवारमा पर्ने अविषालु प्रजाति हो। यो सर्प श्रीलंका, बङ्गलादेश, भारत, र नेपालमा पाइने भए पनि नेपालमा यसको उपस्थिति धेरै दुर्लभ छ। भारतको तमिलनाडु र आन्ध्र प्रदेश जस्ता क्षेत्रमा यो सर्प सामान्य रूपमा देखिन्छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को रातो सूचीमा यस प्रजातिलाई कम चासोका प्रजातिका रूपमा वर्गीकृत गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *