बुद्धशान्ति / नेपालमा जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टिभिएसको मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि झापाको बुधबारेमा पाथिभरा अटो लिंकले विशेष ‘अचम्मैको डिल’ योजना सार्वजनिक गरेको छ ।
यही साउन १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने यस अफरमा ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् ।
अफरअन्तर्गत पुरानो सवारीको उच्चतम मूल्यांकन, आर्थिक वर्ष २०८३/८४ को रोड ट्याक्स निःशुल्क, आकर्षक नगद छुट, नागरिकताको आधारमा सहज फाइनान्स, प्रतिदिन १२४ रुपैयाँदेखि सुरु हुने इएमआइ सुविधा तथा निःशुल्क हेल्मेट प्रदान गरिने जनाइएको छ ।
यो विशेष योजना वान स्टप बाइक केयर सेन्टर, बुधबारे बजारमा उपलब्ध हुनेछ । ग्राहकले थप जानकारीका लागि ९८०१३०८११५ वा ९८१४०६१४६२ मा सम्पर्क गर्न सक्नेछन् ।
पाथिभरा अटो लिंकले सीमित अवधिका लागि ल्याएको यस अफरले नयाँ टिभिएस सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप सहज र किफायती अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।



















