Search
Close this search box.
Search
Close this search box.

भाउजुलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ

धरान । विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्।

पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान १५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्। पीडितको आफ्नै देवर भने फरार भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। ‘डर, धम्की देखाएर एक, डेढ वर्षदेखि जर्बजस्ती गरेको उजुरी आएपछि एक जनालाई पक्राउ गरिएको छ, अर्को फरार छन्,’ डिएसपी बस्नेतले भने।

धरान १६ निवासी पीडित महिलाका अनुसार शुरुमा उनलाई आफ्नै देवरले जर्बजस्ती करणी गरेका थिए। डर, धम्की दिएको हुनाले आफूले कसैलाई नभनेको पीडितको भनाई छ। उनको एक छोरा र एक छोरी छन्। देवरले काका ससुराको छोरालाई पनि सुनाएपछि उनले पनि आफूलाई जर्बजस्ती गरेको पीडित महिलाको भनाइ छ।

घटनाबारे परिवारले पनि थाह पाएर छलफलसमेत भएको थियो। तर, पीडितकी आमाले परिवारबीचमा घटनालाई मिलाउन नदिई प्रहरीमा जाहेरी दिएपछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो। नागरिक दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *