भोजपुर अस्पताल भवन विवाद: ‘बाँकी काम पूरा नभएसम्म जिम्मा लिँदैनौं’ – अस्पताल समिति


दिपेन्द्र लुइटेल भोजपुर, असार १३ – भोजपुर जिल्ला अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएको करिब सात वर्ष बितिसक्दा पनि अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण हुन सकेको छैन। निर्माण सम्पन्न भइसकेको भवन लामो समयसम्म प्रयोग र व्यवस्थापनको अन्योलमा रहँदा सरोकारवालाले सम्बन्धित निकायसँग जवाफ माग्न थालेका छन्।

जिल्ला अस्पताल भवन निर्माणका लागि २०७१ साल चैत २० गते डार्के–सिद्धकाली–सगरमाथा जेभीसँग सम्झौता गरिएको थियो। भ्याटबाहेक १२ करोड ४६ लाख ९० हजार ९५ रुपैयाँ २२ पैसा लागत रहेको उक्त आयोजनाको सम्झौता अवधि तीन वर्ष तोकिएको थियो।
सम्झौताअनुसार २०७४ सालभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि भवन २०७६ साल चैत २० गते मात्र सम्पन्न भएको थियो। यसरी निर्माण कम्पनीले तोकिएको अवधिभन्दा ढिलो गरी ४ वर्ष १० महिना ६ दिनमा निर्माण कार्य सम्पन्न गरेको थियो।
निर्माण सम्पन्न भएपछि भवन सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटालाई बुझाइएको भए पनि २०८३ साल असार १३ गतेसम्म अस्पताल व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छैन। निर्माण सम्पन्न भएको यति लामो समय बितिसक्दा पनि भवन किन हस्तान्तरण हुन नसकेको भन्ने विषयमा स्थानीयवासी तथा सरोकारवालाले चासो व्यक्त गरेका छन्।
भवन हस्तान्तरणअघि बाँकी रहेका स–साना निर्माण कार्य कसले सम्पन्न गर्ने भन्ने विषय पनि अझै टुंगो लाग्न सकेको छैन। ती काम निर्माण कम्पनी डार्के–सिद्धकाली–सगरमाथा जेभीले गर्ने हो वा सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाले गर्ने हो भन्नेबारे सम्बन्धित निकायले स्पष्ट निर्णय सार्वजनिक गरेको छैन।
यसैबीच, अस्पताल व्यवस्थापन समितिले भवनमा बाँकी रहेका स–साना निर्माण कार्य सम्पन्न भएपछि मात्र भवनको जिम्मा लिने अडान लिएको छ। अस्पताल व्यवस्थापन समितिका सदस्य तथा उद्योग वाणिज्य संघका अध्यक्ष बद्रिकुमार श्रेष्ठले बाँकी निर्माण कार्यको जिम्मेवारी निर्माण कम्पनीले लिने कि सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाले लिने भन्ने विषयमा सम्बन्धित निकायले तत्काल स्पष्ट निष्कर्षमा पुग्नुपर्ने बताए ।
उनले बाँकी काम पूरा नगरी भवन हस्तान्तरण गर्न खोजिए वा कुनै पनि निकायले जिम्मेवारीबाट पन्छिन खोजे अस्पताल व्यवस्थापन समितिले कानुनी उपचारको बाटोसमेत अपनाउने चेतावनी दिए। उनका अनुसार गुणस्तरीय र पूर्ण रूपमा सम्पन्न भवन मात्र अस्पतालले जिम्मा लिने भएकाले अपूरा काम यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्न आवश्यक छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च