Search
Close this search box.
Search
Close this search box.

भोजपुर गोल्डकपको बिजेता चर्च ब्वाइज युनाइटेड क्लब

EPIC

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाईनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले उपाधी जितेको छ ।
त्रिभुवन आर्मी कल्बलाई ४-२ गोलमा टाइब्रेकरमा हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।
निर्धारित समयमा चर्च ब्वाइजका लागि १८औँ मिनेटमा अर्मान्डले गोल गरे । आर्मीका अनिल बम्जनले ५०औँ मिनेटमा गोल गरेका थियो । 

यस्तै व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच र वेष्ट किप्पर चर्च व्याइचका दिप कार्की, वेष्ट कोज रमेश दंगाल, सर्वाेकृष्ट खेलाडी सुदिप गुरुङ घोषित भए । प्रतियोगिताको विजेता चर्च ब्वाइजले ट्रफी सहित नगद रु. ५ लाख प्राप्त गरेका छन् भने उप–विजेता त्रिभुवन आर्मीले ट्रफी सहित नगद रु. ३ लाख पाएका छन् । बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका थिए ।

EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *