मन्त्रिपरिषद्का निर्णय: एआईजी सरुवा, नियुक्ति र नियमावली स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्ले नियुक्ति, सरुवा तथा विभिन्न नियमावली स्वीकृतिसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यद्यपि, सरुवा गरिएका अधिकारीहरूको नाम भने सार्वजनिक गरिएको छैन।

EPIC EPIC EPIC

बैठकले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।

यसैगरी, कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली–२०८३, शिक्षा (दशौँ संशोधन) नियमावली–२०८३, राष्ट्रिय सदाचार नीति तथा राष्ट्रिय विज्ञापन नीति–२०८३ पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

News Karkhana

न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च