Search
Close this search box.
Search
Close this search box.

मादी हत्याकाण्ड : ‘इगो र आवेगपछि ६ जनाको विभत्‍स हत्‍या’

EPIC

विराटनगर – संखुवासभाको मादी नगरपालिका-१ उम्लिङका तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक तेजबहादुरकै भतिजा नाता पर्ने छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार विसी, संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीको उपस्थितिमा उनलाई सार्वजनिक गरिएको हो ।

घटनास्थल उम्लिङ मै अनुसन्धानमा समेत संलग्न रहेका डिआइजी विसीका अनुसार तेजबहादुरसँगको ‘इगो’ का कारण आवेगमा आएका लोकबहादुरले तेजसहित परिवारका ६ जना सदस्यको पालैपालो हत्या गरेको दाबी गरे । प्रहरी बयानका क्रममा तेजबहादुरले विगतदेखि नै आफूलाई होच्याउने शब्दले बोलाउने र हेप्ने गरेकोले त्यसैको रिसले आफूले हत्या गरेको लोकबहादुरले स्वीकार गरेको डिआइजी विसीले दाबी गरे ।

हत्यामा क्रममा लोकबहादुरले प्रयोग गरेको चिर्पट भने खोले पकाउने क्रममा बालेको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले समेत केही संकेत गरेको जानकारी दिंदै डिआइजी विसीले लोकबहादुरको घरमा रगत लागेको कपडा भेटिएपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको बताए ।

EPIC

घटना भएको दिनदेखि घटनास्थलमा पुग्ने संचारकर्मी र युटुबरहरूलाई हत्यामा संलग्न रहेका लोकबहादुरले नै अन्तरवार्ता दिएका थिए । उनले आफैंले तेजबहादुरको शव देखेपछि गाउँलेहरूलाई खबर गरेको बताएका थिए । उनी युटुबरहरूले छिमेकीहरूसँग अन्तरवार्ता लिंदा नजिकै उभिएर सुनिरहन्थे ।

EPIC EPIC EPIC

लोकबहादुरले उम्लिङका ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकै श्रीमति ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाती दीपेन कार्की र ७ वर्षीय नातिनी गोमा कार्कीको सामूहिक हत्या गरेका थिए । उनले बृद्ध आँखा नदेख्ने र कान नसुन्ने अवस्थामा बौद्धमानलाई भने केहि नगरी छाडिदिएका थिए ।

EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *