Search
Close this search box.
Search
Close this search box.

मापसे गरेका मोटरसाइकल चालकले पैदल यात्रीलाई ठक्कर दिंदा दुवै जना गम्भीर घाइते

कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपाकिका ६ बनियानी स्थित तेह्रथुम इन्टरप्राइजेज् अगाडी बनियानीबाट केचना तर्फ जाँदै गरेको BR 37 J-5211 नम्बरको भारतिय मोटरसाइकलले  पैदल यात्रीलाई ठक्कर दिएको छ ।

बुधबार साँझ करिब ८ बजेको समयमा भारतिय मोटरसाइकलमा सवार कचनकवल-४ का २९ बर्षीय सन्तोष गणेश चाराली-केचना सडकमा हिडिरहेका २४ बर्षीय पैदलयात्री हिरालाल राजवँशीलाई तेह्रथुम पेट्रोल पम्प अगाडि ठक्कर दिई झण्डै २० मिटर मुख्य सडकमा घिस्रिदा दुवैको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बनियानीले जानकारी दिएको छ।

EPIC EPIC EPIC

प्रहरी कार्यालय अनुसार दुर्घटनामा घाइते भएका दुवै जनालाई भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाइएको छ।

स्थानीयका अनुसार मोटरसाइकल चालकले मापसे गरी अनियन्त्रित रुपमा मोटरसाइकल चलाएकाले ठक्कर आफ्नै अगाडि दिएको जनाएकाछन् ।

भारतीय नम्बरको उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *