मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भए सिरोहिया

जनकपुरधाम। नागरिकता कीर्ते सम्बन्धि कसुरमा हाल थुानामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई शुक्रवार राति अस्पताल भर्ना गरिएको छ । प्रहरी हिरासतमा रहेको बेला उच्च रक्तचाप तथा मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

EPIC

यद्यपि, त्यहाँ स्वास्थ्य परीक्षणका अत्यावश्यक सम्पूर्ण उपकरण उपलब्ध नभएपछि शुक्रवार राति नै जनकपुरकै काव्या अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

EPIC EPIC EPIC

गत मंगलवार साँझदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको शुक्रवारमात्र हिरासतको अवधि थप तीन दिनले लम्बिएको छ । जिल्ला अदालत धनुषाले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको छ ।

पारिवारिक स्रोतका अनुसार कान्तिपुरका अध्यक्ष सिरोहियो सुगर, उच्च रक्तचाप लगायतका समस्याबाट पीडित छन् । चिकित्सकहरुका अनुसार हिरासतको बसाईका क्रममा सिरोहियालाई विभिन्न स्वास्थ्य समस्या देखिएको छ ।

सिरोहियालाई गत मंगलबार थापाथली, काठमाडौंस्थित कान्तिपुरको मुख्यालयबाट गिरफ्तार गरेर त्यहि रात स्थलमार्गहुँदै जनकपुर लगेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *