Search
Close this search box.
Search
Close this search box.

मुन्द्रा र तिलहरीका लागि वृद्धाको हत्या

काठमाडौं। गरगहना लुटपाटका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का घर भएकी ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको खुलेको छ।

हत्या आरोपमा आरोपी ४९ वर्षीय दलबहादुर विकको पक्राउपछि उक्त रहस्य खुलेको हो।

कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीका अनुसार विकले कानमा लगाएको दुई थान सुनको मुन्द्रा र एक थान तिलहरीका लागि वृद्धा खण्टीको हत्या गरेको अनुसन्धानमा खुलेको बताए।

आरोपी विक, लालझाँडी गाउँपालिका-६ चानदेव ढक्का शिविर बस्दै आएका थिए।

प्रहरीले यही पुसको १५ गते उनलाई शंका लागेर नियन्त्रणमा लिएको हो। अन्य ११ जनालाई पनि पक्राउ गरेको थियो। उनीहरू छुटिसकेका छन्।

तर, विकमाथि शंका बढी भएपछि प्रहरीले उनको घर खानतलासी गरेको थियो। सो क्रममा बन्दुक फेला परेपछि उनीविरुद्ध हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धानमा प्रहरी जुटेको एसपी मरासिनीले बताए।

फेरि, दोस्रो पटक विकको घर खानतलासी गर्दा भने खण्टीले लगाएका गरगहना फेला परेपछि प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी विकलाई सार्वजनिक गरेको छ।
 
एसपी मरासिनीका अनुसार विकले खण्टीको हत्या गरेको स्वीकार गरेका छन्।

खण्टीको यही पुस ११ गते राति ११ बजे आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *