मोटरसाइकल रिकण्डिसन हाउसमा आगलागी डेढ करोड बढीको क्षति

उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटमा गएराती लक्ष्मी पुजाको दिन १२ः४५ बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ ।

त्रियुगा नगरपालिका १२ स्थित डिएमगेटमा रहेको ॐ रौतारानी हाउस एण्ड सप्लार्यद्वारा संचालित मोटर साइकलको रिकण्डिशन हाउसमा विद्युत सर्ट भई आगलागी भएको हो ।

EPIC EPIC EPIC

विद्युत सर्ट भई आगालगी हुँदा रिकण्डिसन हाउसमा विक्रीका लागि रहेका ४५ वटा बढी मोटर साइकल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट अफिसका सामग्री, ल्यापटप तीन थान, प्रिन्टर, ग्यारेजका सामानहरु, मोटरका पार्टहरु पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *