दाङ। लमही नगरपालिका–७ हस्नापुरमा राप्ती नदीको बाढीमा फसेका दुई जनाको उद्दार गरिएको छ । एक जना बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ ।
राजपुर गाउँपालिका–२ का किसान दुध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको हो । दुई जना रुखमा चढेर ज्यान जोगाएका छन् ।
सशस्त्र प्रहरी बल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले उनीहरुलाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।
राजपुर–२ का ४८ बर्षिय तुलाराम यादव र ४० बर्षिय दयाराम यादवको उद्दार गरिएको हो । अर्का १८ बर्षिय राजकुमार यादवलाई बाढीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । यादवको खोजी भइरहेको छ ।



















